अरुकाे नागरिकता प्रयोग गरी बैंकमा खाता, बैंककै उजुरीपछि पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा ३४ वर्षीय ध्रुवकृष्ण शर्मा पक्राउ परेका छन् ।

धनुषा घर भएका सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरी आफ्नो फोटो र मोबाइल नम्बर राखेर बैंकमा खाता खोली बैंकिङ कसुर गरेकाे भन्दै काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शुक्रवार पक्राउ गरको हो ।

शर्माले मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालय ठिमीलाई झुक्यानमा पारेर सन्तोष सिंह दनुवारको नागरिकता दुरुपयोग गरी खाता खोलेका थिए । सो खाताबाट निकालिएको चेकबुक दुरुपयोग गरिएको भन्दै मुक्तिनाथ विकास बैंले खोजतलास गर्न प्रहरी कार्यालय टेकुमा उजुरी दिएको थियो ।

उनलाई काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलबाट पक्राउ गरी थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१