• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रश्न सोध्नु अघिनै रन्किए प्रधानमन्त्रीः संसदमा बोल्दा जथाभावी नबोलौं, झुटको सहारा नलिऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा सत्यमात्र बोल्न अनुरोध गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा संसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा संसदहरु जथाभावी बोलेको आरोप लगाएका छन् । टङ्क लाइनको विवादमा जथाभावी बोलेको उनले बताएका छन् । ‘हामी गरिमामय संसदमा छौ । हामी जनताले पठाएको हैसियतमा बोल्नुपर्छ । सत्य कुरा बोल्नु पर्छ ।’ उनले भने ।

संसदहरुले उद्योगमा विद्युत सूचारुलाई लिएर जथाभावी भ्रम फैलाएको उनको आरोप छ ।