काठमाडौं । नेकपा माओवादीकी सांसद दुर्गा राईले गत असार १७ गते राति गरेको समझदारी बारे प्रष्ट पार्न भनेकी छन् ।
सोमबार प्रतिनिधी सभामा प्रश्नोत्तरको क्रममा प्रधानमन्त्रीलाई सांसद राईले भनिन् ‘गत असार १७ गते राति किन त्यस्तो आपत पर्यो दिउँसो नै पर्खिन नसक्ने । यसबारे प्रधानमन्त्रीले खुलाइदिनुस् ।’
यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पार्टी भित्रको सहमति जतिबेलापनि हुन सक्ने बताएका छन् । ‘पार्टी भित्रको सहमति एएम र पीएम हेरेर गरिदैन । राजनीतिमा थकाइ हुँदैन दिउँसोपनि हुन्छ रातिपनि हुन्छ ।’ उनले भने्