• २०८३ साउन २
  • 2026 July 18, Saturday

केएमसीको स्वास्थ्य टोलीद्वारा कपनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

नेपाली कांग्रेस बुढानीलकण्ठ कार्यसमितिको संयोजनमा पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा यज्ञमती माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा ६१३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ८९ जनाको ईसीजी, १०४ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो । २५ जनाको दात खोलिएको छ । २७ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।