गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन गरेका हुन् ।उक्त प्रदर्शनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघका अध्यक्ष महेन्द्र खड्काले फागुन १३ गते १९ बुँदे माग बुझाए पनि कुनै पनि ठोस समाधान नभएपछि आन्दोलनको सुरुवात गरेको बताए ।

उनले आन्दोलनबाट समस्या समाधान नभए आमरण अनशनको सुरुवात गर्ने पनि बताएका छन् ।उनले भने, ‘हामीले फागुन १३ गते १९ बुँदे माग बुझाएका थियौं, तर कुनै पनि ठोस समाधान नभएपछि हामीले आन्दोलनको सुरुवात गरेका छौं । यदि यति गर्दा पनि सुनिएन भने अध्यक्ष भएको हैसियतले आमरण अनशन बस्नेछु र जबसम्म हाम्रो मागहरु पूरा हँुदैन् तबसम्म अनशन तोड्दिन् ।’

यस्तै, उनले नयाँ पाठ्यक्रम सँगै परिक्षा क्रममा विदा हुनुपर्ने माग पनि गरेका छन् ।
उनले भने, ‘हाम्रो समस्याहरु राष्ट्रिय करण हुन सकेन, हाम्रो देशमा लगातार ८ दिन परिक्षा हुन्छ एक दिन पनि विदा नभई यो अरु कुनै देशमा हुँदैन् । हामी यसरी सधैँ पेलिन सक्दैन भन्ने हिसाबमा हामीले यो आन्दोलन सुरु गरेका हौं । अर्को कुरा भने हामीलाई १९९७ को किताब अझै पढाइ रहेको छ ।

जब की विश्वमा २०१९ भन्दा अगाडीका किताबहरु छैन । हाम्रो किताबहरु सुधार हुनुपर्यो, हामीले परिक्षा दिन १ हजार दिनुपर्छ तर त्यही परिक्षाको कपी हेर्छुभन्दा ७ हजार तिर्नुपर्छ । यो पनि हटाउनुपर्छ ।’यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघको उपाध्यक्ष सोफिया श्रेष्ठले नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बनाउनुपर्ने भन्दै माग सम्बोधन नभएसम्म पछि नहट्ने बताइन् ।

उनले भने, ‘चार्टर्ड एकाउन्टेन्टका विद्यार्थीहरुले पढ्ने पाठ्यक्रम धेरै पुरानो भइसकेको छ । अन्य शिक्षामा ६, ६ महिनामा परिवर्तन हुन्छ तर यसमा परिवर्तन भएन्, हामीले पुरानै विषयवस्तुहरु पढ्नु परेको छ । हामी नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बन्नुपर्यो नयाँ पाठ्सामग्री हुनैपर्यो । हाम्रो माग सम्बोधन नभएसम्म हामी पछि हट्दैनांै ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१