• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुनचाँदीको मूल्य बढ्यो

  • २०८१ साउन १४, सोमबार ११:३९

काठमाडौं । नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

  • २०८१ साउन १४, सोमबार ११:३९