• २०८३ असार १४
  • 2026 June 28, Sunday

सहकारी ठगीमा फरार व्यक्तिहरु फर्काउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गहृमन्त्रीले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

उनले भने, ‘गृहमन्त्रीले फरार देशभित्र देश बाहिर रहेका सम्पर्कमा आएका वा नआएका व्यक्तिको हकमा र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बारेमा धेरै विविध र समितिको निर्देशन प्राप्त भएपछि मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले बाहिरबाट समितिले खोजेका व्यक्तिहरु देशमा ल्याउन बजेटको अथवा अरु कुनै कारणले समस्या पर्दैन् पनि भन्नु भएको छ ।’

साथै, उनले गृहमन्त्रीले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको भन्दै संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने पनि बताएको जानकारी दिए ।