• २०८३ असार १४
  • 2026 June 28, Sunday

वर्तमान सरकारलाई स्टन्डवाजी गर्न आवश्यक छैन् : मन्त्री देउवा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताएकी छन् ।

बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताईन् ।

उनले भनिन्, ‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पाटीहरु हो । हामीले काम गर्न सक्छौ, देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी छैन् । किनभने हामीले गरेर देखाइ सकेका छौ । हामीभन्दा अगाडिका पीडिहरुले धेरै गारो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन् । त्यसकारणले हामी सबैभन्दा राम्रो छौ भनेर देखाउनु पर्ने, स्टन्ड् गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन् । धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरु बनेका छन् ।’

उनले सरकार काम गर्ने कुरामा एकदमै गम्भिर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताईन्ह।

नेपाल कुन दिशा तर्फ लानको लागि नेपाली काङ्ग्रेसको सभापति र एमालेको अध्यक्ष दुईजनाले धेरै संघर्ष गरेको भन्दै अब भने देशको लागि केही गर्नुपर्छ भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पारेकी छन् ।

विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिएकी छन् ।
आफूमाथि लागेको आरोपहरु सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उनको भनाई छ ।