• २०८३ साउन २
  • 2026 July 18, Saturday

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा शुक्रवार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

शुक्रवार सार्वजनिक गरिएको कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, साथै NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर परीक्षाफल हेर्न सकिन्छ ।

यसैगरी, १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ जना सहभागी परीक्षार्थीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित थिए ।