काठमाडौं । भारतका कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिवार काठमाडौं आइपुगेका छन् । पशुपति कोटिहोम महायज्ञमा कथा प्रर्वचन गर्न उनी आज काठमाडौं आएका हुन् । उनी डेढ घण्टामात्र कथा वाचन गर्ने आयोजकले जनाएको छ ।
कथा प्रवर्चनका निमित्त आएका अनिरुद्धाचार्य कोटिहोममा पहिलो पटक सम्बोधन गर्दा नै बोलिमा चिप्लिएका छन् । उनले शनिवार बिहान कोटिहोममा चीन विरोधी अभिव्यक्ती दिएका छन् । उनले प्रर्वचनका क्रममा हिन्दी भाषामा कोटिहोममा आएका दर्शकलाई सोधे ‘आपसे मेरा सवाल हे आप नेपाल बासी आपके पास बहुत देशकी सिमा हे । किस देशसे आप दोस्ती गर्न चाहिँगे ?’
उनको यो प्रश्नको नेपाली सार थियो नेपाल कुन देशसँग बढी नजिकिन चाहन्छ । तर यो प्रश्नको उत्तर दिन दर्शकलाई गाह्रो पर्यो र अल्मलिए । फेरि उनले भारतलाई नै समर्थन गर्ने अभिप्रायले फेरि जोडे ‘किससे ?…, किससे ?…, जोर से …., भारतसे दोस्ती गर्न चाहिँगे ? भारत तो सदा आपके साथ हे और हाम अर आप कवी दो थेहि नहीँ । एक थे एक हे अर एक ही रहीँगे ।’ यहाँ उनले दर्शकहरुलाई भारत भन्न बल लगाएको देखिन्छ ।
उनको यो भनाईअनुसार अहिलेसम्म नेपाल र भारतको सम्बन्धमा साथित्वको भाव झल्किएको छैन र अब हुन्छ भन्न खोजेजस्तो बुझिन्छ । उक्त भनाईमा उनले दुई गल्ती गरेका छन् एउटा नेपाल कुन देशसँग पारस्पारिक सम्बन्ध बनाउन चाहन्छ र अर्को नेपाल धेरै देशसँग जोडिएको छ । नेपाल सार्वभौम देश हो र यसले सबैसँग समान सम्बन्ध राख्ने गर्छ चाहेँ भारत होस् या चीन । अर्को विषय नेपालसँग सिमाना जोडिएका देश भारत र चीन हुन् ।
यहि प्रर्वचनका क्रममा चीनलाई पन्छाई भारतको सर्मथन गर्न उनले सके जति जोडबल लगाएको देखिन्छ किनभने उनले यसपछि थप भने् ‘हामरे भारतसे लोग हजारोके संख्याओमे पशुपतिनाथके दर्शन गर्न आते नहीँ ? बोलो हाँ… हाँ कि नाँ…. भारतसे हजारौं लोग गण्डकीको दर्शन करने आके हे कि नहीँ ? भारतसे हजारो लोग शालीग्राम लेके जाते नहीँ ? जरा विचार करो कि चाइना नेपाल आया तो चाइना के पशुपतिनाथको दर्शन करना आएगा ? क्या गण्डकीका दर्शन करना आएगा ? शालीग्राम भगवानको पुजा करने आएगा ? अरे चाइनाको नेपालको धर्मको क्या कर्ना । नेपालका धर्मा र संस्कृतिका भारतसे अटुट रिस्ता हे’
अनिरुद्धाचार्यले धर्मको नाममा चीनसँगको नेपालको सम्बन्धलाई टुटाउने आँट गरेको प्रष्ट हुन्छ । उनले भारतबाट नेपालमा पशुपतिनाथ, गण्डकीको दर्शन र शालीग्राम लैजानको लागि हजारौं भक्तजन आउँछन तर चीनबाट नआउने गरेको उनको भनाई छ । उनले चीनबाट लुम्बीनीमा धार्र्मिक आस्थाले भक्तजन आउने गरेको देखेनन् ।
अनिरुद्धाचार्य जी महाराज सन १९८९ सेक्टेमबर २७ मा भारतको मध्यप्रदेशमा जन्मिएका हुन् । उनका पिता अवधेशानंद गिरी जी भागवत कथावाचक भएकाले अनिरुद्धाचार्यलाई पनि कथावाचक बन्ने रहर लाग्यो र उनले वृन्दावनमा संस्कृत पढ्न थाले । सुरुमा युट्युवमा भजन गाउने गरेका उनी पछि भागवत कथा पढ्न थाले ।
उनले पछि कथावाचन गर्दै देश विदेश घुम्न थाले । अहिले उनले दैनिक १ देखि ४ लाखसम्म पारिश्रमिक लिने गरेको पाइएको छ ।