काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएकोप्रति आपत्ति जनाए।
उनले भने,‘सरकार पछिल्ला घटनाक्रमहरु हेर्दा नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दाको अवस्था हेर्दा कपिल आचार्य र भक्तबहादुर पुनलाई नियम उल्लंघन गर्दै बर्खास्ती गरिएको छ । यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका लाग्छ ।’
उनले सार्वजनिक लेखा समितिको सभापतिले निर्णयलाई लत्याएर उल्टयाउने उद्देश्यकासाथ अनैतिक रुपमा होटलमा बसेर छलफल गरिरहेको आरोप लगाए ।