• २०८३ साउन २
  • 2026 July 18, Saturday

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार एयर डाइनेस्टीको नाइन–एन एजेडी कल साइनकाे हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको बताइएको छ । चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले पहिचान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।