सुनिल शर्माले ल्यापटप दिएपछि गुल्मीका ऋषिरामले खुट्टाले लेखेर पठाए धन्यवाद !

नेपाली कांगे्रसका सांसद सुनिल शर्माले गुल्मीका ऋषिराम कँडेललाई ल्यापटप हस्तान्तरण गरेका छन् । कँडेल खुट्टालेनै लेखेर एसइईमा ३.३७ जिपिए ल्याएका विद्यार्थी हुन् ।

उनले गुल्मीको श्रृंगा जनता माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा ३.३७ जिपिए प्राप्त गरेका थिए । कँडेललाई ल्यापटपको आवश्यकता भएको हुनाले आफूले ल्यापटप सहयोग गरेको शर्माले बताए । गुल्मी जिल्ला क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारीले विद्यार्थी कँडेलले ल्यापटप चलाउने इच्छा गरेको खबर सुनाएपछि सांसद शर्माले ल्यापटप सांसद भण्डारीमार्फत हस्तान्तरण गरेका हुन् । सांसद सुनिल शर्माले कँडेलको आगामी अध्ययन कार्यमा सफलताको कामना गरेका छन् ।

ल्यापटप पाएपछि ऋषिराम कँडेलले सांसदद्धय चन्द्र भण्डारी र सुनिल शर्मालाई धन्यवाद व्यक्त गरेका छन् । उनले खुशी हुँदै लेखेका छन् ‘सहयोग र सर्मथनका लागि यहाँहरुलाई धन्यवाद, म धेरै खुशी भएको छु यहाँहरुप्रति आभार ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१