• २०८३ जेठ २५
  • 2026 June 08, Monday

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार कालिमाटी तरकारी थोक बजारमा रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९३ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ, सेतो मूला हाइब्रीड ३० रुपैयाँ प्रति केजी रहेको छ ।
काउली ८६ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ ।

स्कुस प्रतिकिलो ४४ रुपैयाँमा बिक्री भएको छ । यस्तै पिँडालु ७५, हरियो फर्सी डल्ले ८६.६७, पाकेको फर्सी ५८, झिगुनी ६५, घिरौंला ४६, चिचिण्डो ३६.६७, परवर ७६.६७, लौका ४५, तिते करेला ३५, टाटे सिमी ९५, घिउ सिमी ७२, तने बोडी ७२, लाम्चो भान्टा ४६, ज्यापु काउली ११६.६७ रुपैयाँ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ ।