• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(विहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।