शान्तिश्री परियार र बिन्ती कुमारले ल्याए ‘घुम्दै घुम्दै आको’

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक स्वयमकै शब्द, संगीत तथा लयमा रहेको गीत अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर भिडियो छायांकन गरिएको हो ।

भिडियो झट्ट हेर्दा नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाई तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ ।भिडियो गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ ।

सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायांकन अनिश खासा (निरेश) र मनिष महर्जनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१