• २०८३ असार १४
  • 2026 June 28, Sunday

एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको तीजको दर कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान कान्तो क्षेत्रीय समिततिद्वारा आयोजित नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीजको अबसरमा दर खाने कार्यक्रममा सम्पन्न भएको छ ।

एनआरएनए जापान क्षेत्रीय समिति कान्तो टोक्यो शिनओकुबुमा आयोजना गरिएको दरखाने कार्यक्रमले विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी सद्भाव, एकता र भाईचारा सम्बन्ध क़ायम गर्नुको साथै नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन, कला र संस्कृतिको प्रर्वद्धन तथा सम्रक्षण मिलेको कार्यक्रमको संयोजक तथा उपसंयोजक ईस्वरी अर्यालले बताइन् ।

एनआरएनए जापानका केन्द्रीय सचिव चन्द्रा कुमारी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेश अतिथि एनआरएनए जापानका महासचिब टिकाराम खरेल र अतिथि सचिव दिपेस केसी, सह कोषाध्यक्ष अन्जु भन्डारी, सदस्य ललिता तामाङ रहेका थिए ।

कान्तोका सम्योजक सागर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन कान्तोका सचिव बासुदेब पन्तले गरेका थिए । तिजको दरखाने कार्यक्रममा सहयोग गर्नेलाई प्रमाणपत्रले सम्मान गरिएको र कार्यक्रम भब्य रुपमा सफल भएको कान्तोका उपसंयोजक दिपक सुबेदी बिप्लबले जानकारी दिए ।