• २०८३ साउन २
  • 2026 July 18, Saturday

सत्ता साझेदार दलहरूको बैठक बस्दै

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ ।बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रम बनाउने लगायत छलफलका विषयहरु रहेका छन् भने जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।