• २०८३ साउन २
  • 2026 July 18, Saturday

बीपीको छोरा भएकैले सजिलै चुनाव जिताइदिन्छन:डा.शशांक

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले वीपीको छोरा भएकै कारण सजिलै चुनावहरु जित्ने गरेको दाबी गरेका छन् ।

सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले वीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘वीपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उनले वीपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उनको दाबी थियो । उनले भने, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गार्हो छ । कहिलेकाही मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थं होला । तर म आफूलाई पूरै जकडियको अनुभव गर्छु ।

यो गर्नु हुदैँन्, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ ।तर यसमा एउटा रमाइलो पक्ष पनि छ बीपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन् ।’उनले वीपीले ठूलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाए । बीपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाए ।