• २०८३ असार १४
  • 2026 June 28, Sunday

सहकारी पीडितले रवि लामिछानेलाई पोखरामा देखाए कालो झण्डा

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालो झन्डा देखाइएको छ ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन पोखरामा रहेका लामिछानेलाई सहकारी बचतकर्ताहरुले कालो झन्डा देखाएका हुन् ।

उनीहरुले नाराबाजी समेत लगाएका थिए । प्रहरीले उक्त मावललाई नियन्त्रणमा लिएको छ ।