• २०८३ साउन २
  • 2026 July 18, Saturday

उपसभामुखलाई हटाउने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देश गरेको छ ।पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न निर्देशनसहितको सन्देश पठाएका हुन् ।

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद् दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो ।‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ ।

संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।