• २०८३ साउन २
  • 2026 July 18, Saturday

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ। सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा रक्षामन्त्री मानबीर राई सुरक्षा अंगका प्रमुलगायत परिषद सदस्यहरूको उपस्थिति थियो ।