• २०८३ साउन २
  • 2026 July 18, Saturday

केएमसी निरीक्षण गरेपछि गृहमन्त्री लेखकले भने- धन्यवाद !

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को निरीक्षण गरेका छन् ।

उनी राष्ट्रिय सभा सदस्य बलदेव बोहरा आईसीयूमा रहेर उपचार गरिरहेकामा उनको स्वास्थ्य स्थिति बुझ्न आएका बेलामा शनिबार गृहमन्त्री लेखकले केएमसीका अत्याधुनिक प्रविधिहरु क्याथल्याब, एमआरआई, सीटी स्क्यान लगायतको निरीक्षण गरी जानकारी हासिल गरेको अस्पतालका केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

गृहमन्त्री लेखकले समग्र केएमसी अस्पतालको अवलोकन गरी फर्केका छन् । उनले आफूले अत्याधुनिक मेसिनहरु हेरेर आफूलाई निकै सन्तुष्ट दिलाएको बताए । उनले यस्ता मेसिन र योग्यतम डाक्टरहरुका कारण अस्पतालले राम्रो सेवा दिइरहेको भन्दै धन्यवाद दिए । उनले भने, ‘अस्पतालले राम्रो गरिराख्या छ धन्यवाद पनि छ ।’

सांसद शर्माले सम्हालेपछि अस्पतालले आफूलाई आधुनिक ढंगले सेवा दिने अस्पतालका रुपमा परिचित गराउँदै आएको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।