वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा

काठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् ।जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन गरेको थियो ।

५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए ।हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ । उदघाटनपछि बिरामीको उपचारका लागि २४सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१