काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दिप लामिछाने सामाजिक सञ्जालबाट गायब भएका छन् ।
उनका अकाउन्ट शनिबार रातिदेखि सामाजिक सञ्जालका विभिन्न प्लाटफर्मबाट हराएका छन् ।
सामाजिक सञ्जालहरु फेसबुक, इन्ट्राग्राम र एक्समा उनको आइडी देखिएको छैन् । उनले आफैंले सञ्जाललाई हटाएका हुन् या समस्या आएको हो खुलेको छैन् । लामिछाने अहिले लिग २ को खेल खेल्न क्यानडा छन् ।