• २०८३ असार १३
  • 2026 June 27, Saturday

विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित भएकी हुन् ।निर्वाचित भएपछि पत्रकाहरुसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ । म आफैं पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरु छन् । ति विधेयकहरुमा हामी छलफल गर्छौं । अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकिकृत समाजवादीकी जयन्तीदेवि राइले ७ मत प्राप्त गरिन् ।