• २०८३ साउन १०
  • 2026 July 26, Sunday

दलितलाई खै ? भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् ।

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बिहीबार माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरेका हुन् ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए । संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।