• २०८३ साउन २
  • 2026 July 18, Saturday

बागमती प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६ औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ।

सचिवालयलका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने छ ।