• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न समिती गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिब भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गरेका हुन् । समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र बितरक दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाब दिने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बतए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए ।

मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह बिक्रीको ब्यवस्था मिलाईदिन सरकार समक्ष माग गरेका छ्न ।मह आयात रोके पनि सिरफको रुपमा यस्को आयात भैरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छ्न ।