• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्रचण्डको नेतृत्वमा अहिलेसम्म कै सबैभन्दा राम्रो संविधान आएको छ : सन्तोष परियार

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको भन्दै फेरि एकपटक नेतृत्व गर्दिनका लागि आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरेका हुन् ।उनले भने, ‘म युद्धविरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो । फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु ।

तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।उनले संविधान संशोधन गरेका देशहरु नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।उनले सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको बताए ।