• २०८३ असार १३
  • 2026 June 27, Saturday

जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुङ्गामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार सो अभियानको उद्घाटन गर्ने छन् ।

पालिका समितिको जिम्मेवारीमा खटिएका केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आवश्यक निर्देशन र प्रशिक्षण गर्न पार्टीले सबै प्रदेशमा अभिमुखीकरण आयोजना गरेबमोजिम ओखलढुङ्गामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक पार्टी सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ ।

यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ ।जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिकाको सङ्गठन गठन, पुनर्गठनका लागि जिम्मेवारी तोकेको छ भने पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई सो अभियानको समन्वय र अनुगमनको जिम्मेवारी दिएको छ ।