• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

‘अन्र्तराष्ट्रिय विमानस्थल देशको ऐना हो ।आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।