• २०८३ असार १६
  • 2026 June 30, Tuesday

पर्यटन दिवसमा सम्मान, पर्यटकलाई बुद्धको मुर्ति

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सरकारले एक समारोहबीच सम्मान गरेको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा एक समारोहको आयोजना गरी कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरीलगायतले पर्यटन क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेका हुन् ।दिवसकै अवसर पारेर दिवसकै दिन नेपाल घुम्न आएका पहिलो पर्यटकहरुलाई सम्मान गरिएको छ । जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको छ ।

नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तीले स्वागत गरेका थिए ।विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काटट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।