• २०८३ साउन २
  • 2026 July 18, Saturday

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ।

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरेको हो ।मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको विपदसम्बन्धी आकश्मिक बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।