• २०८३ साउन ९
  • 2026 July 25, Saturday

एनपिएल : टिम सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ ।व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न सुदूरपश्चिम रोयल्स उत्साहित रहेको टोलीले जनाएको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ ।