• २०८३ साउन ९
  • 2026 July 25, Saturday

काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ ।

बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो ।नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन् ।सोही क्रममा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेकुद परिषद् सधैँ साथमा रहेको बताए ।

उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाई हासिल गर्नुपर्ने थियो त्यो हासिल गर्न सकिरहेका छैनौ । त्यो अभावलाई पूर्ती गर्नको लागि उमेर समूहगत रुपमा बनेको पुरुषहरुको टिमले निकै ठूलो अर्थ राख्छ । तपाईहरुको काधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु । तपाईहरु अगाडि बढ्नु तपाईका साथमा राष्ट्रिय खेकुद परिषद् सधैँ रहने छ ।’च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ । राष्ट्रिय टोलिमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर रहेका छन् ।