• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

नेपाल–भारत मैत्री संघद्धारा राहत हस्तान्तरण

काठमाडौं । नेपाल–भारत मैत्री संघले बाढी–पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ ।
बिहीबार संघले नेपाल चिकित्सक संघमार्फत पीडितलाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री संघका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघमार्फत एउटा सानो सहयोग पीडितसम्म पुयाउनलाई पहल गरेको जानकारी दिए ।उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ ।

यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पुयाउनलाई एउटा पहल गरेका छौं ।’त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल–भारतमैत्री संघले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए ।उनले भने,‘अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौं । आगामी दिनमा पनि नेपाल–भारत मैत्री संघको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’