• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

काभ्रेपलान्चोकका बाढी पीडितलाई नेपाल-भारत मैत्री संघकाे सहयाेग

काठमाडाैं । नेपाल-भारतमैत्री संघले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाका बाढी पीडितकालागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल भरत मैत्री संघ केन्द्रीय कार्यालयको पहलमा मित्र राष्ट्र भारतको सहयोगमा भारतीय दुतावासमार्फत प्राप्त राहत समाग्री शुक्रवार नगरपालिकाका प्रमुख रामशरण भण्डारी समक्ष हस्तान्तरण गरेको हो ।

असोज १२ र १३ गते आएको भिषण वर्षको कारण आएको बाढी पहिरोबाट यस काभ्रेपलान्चोक जिल्लाका पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, मन्डन देउपुर नगरपालिका, नमोबुद्ध तथा तिमाल गाउँपालिकामा अकल्पनीय मानविय तथा भौतिक क्षति भएको थियो ।

विपतको यस घडीमा नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयको पहलमा मित्र राष्ट्रबाट प्राप्त राहत समाग्री हस्तान्तण गरिएको हो । हस्तान्तरण गरिएको सामग्रीमा न्यानो कम्बल ४५० थान, लामखुट्टेबाट बच्नको लागि झुल ५४० थान, तथा औषधी र उपकरणहरु रहेका छन् । यि समाग्रीहरु पीडित जनतासम्म पुऱ्याउने गरी यस नेपाल–भारत मैत्री संघ जिल्ला शाखाका सभापती विश्वराम श्रेष्ठ तथा तथा सदस्य रमेश अधिकारी मार्फत पनौती नगरपालिकाका प्रमुख भण्डारीलाई सामग्री हस्तान्तरण गरिएको हो ।

यस अघि बिहीबार संघले नेपाल चिकित्सक संघमार्फत पीडितलाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत राहत सामग्री हस्तान्तरण गरेको हो ।