• २०८३ साउन ९
  • 2026 July 25, Saturday

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषदको आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

परिषद सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको ब्यबस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ। मारबाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दावी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।