• २०८३ जेठ २२
  • 2026 June 05, Friday

माल्दिभ्सका राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री मोदीले जारी गरे संयुक्त वक्तव्य

  • २०८१ असोज २१, सोमबार १६:४२

काठमाडौं । भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेपछि संयुक्त वक्तव्य जारी गरेका छन् । यस क्रममा मोदी र मुइज्जुले भिडियो लिङ्क मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्घाटन पनि गरेका थिए ।

‘दुई देशबिचको सम्बन्ध शताब्दीयौं पुरानो रहेको तथा भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र पनि हो । छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ,’ संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले भनका छन्,‘भारतले सदैव माल्दिभ्सको लागि फष्र्ट रेस्पोन्डरको भूमिका खेलेको छ । चाहे माल्दिभ्सका जनताको आवश्यकता पूरा गर्ने कुरा होस्, प्राकृतिक प्रकोपको बेला पिउने पानी उपलब्ध गराउनु कुरा होस् वा कोभिडको समयमा खोप उपलब्ध गराउने कुरा होस्, भारतले सधैँ छिमेकी भएको नाताले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।’

यस क्रममा प्रधानमन्त्री मोदीले विकास साझेदारी आफूहरूको सम्बन्धको महत्वपूर्ण स्तम्भ भएको बताए । यसमा आफूहरूले सधैँ माल्दिभ्सका जनताको प्राथमिकता दिएको उनको भनाई थियो । ‘यो वर्ष एसबीआईले माल्दिभ्सका लागि १० करोड अमेरिकी डलरको ट्रेजरी बिलहरू जारी गरेको छ । आज माल्दिभ्सको आवश्यकता अनुसार ४० करोड डलर (३० अर्ब भारु) को करेन्सी स्वाप सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

  • २०८१ असोज २१, सोमबार १६:४२