केएमसीको स्वास्थ्य टोली चाँगुनारायणमा, साढे चार सय बिरामीको उपचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

चाँगुनारायण स्वास्थ्य चौकीमा भएको उक्त शिविरमा चार सय ५८ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ४८ जनाको भिडियो एक्सरे, ४५ जनाको ईसीजी तथा ६८ जनाको ल्याब परीक्षण गरिएको थियो ।

१८ जनाको दाँत खोलिएको थियो भने ३८ बिरामीलाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१