• २०८३ असार १३
  • 2026 June 27, Saturday

रवि लामिछानेलाई अदालत पुयाइयो

काठमाडौ। सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाईजल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।

लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि न्यायाधीश नबराज दाहालको इजलासमा पेश गराइएको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ ।उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए ।