• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो।

सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले दिनहुँ सास्ती व्यहोर्दै आएका छन् ।बाढीपहिराका कारण क्षतिग्रस्त सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोली सक्रिय रहेपनि यातायातको चाप बढ्दा थप जोखिम बढेको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरी यो सडक क्षतविक्षत हुँदा खाद्य एवम तरकारी ओसारपसार गर्न पनि समस्या भइरहेको छ ।बागमती प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, कर्मचारीहरु र सरकार सञ्चालन गर्ने अरु संघ र प्रदेशका व्यक्तिहरु संघीय राजधानीसम्म ओहोर–दोहोर गर्ने प्रमुख मार्ग भएपनि योजना अनुसार समयमा नै निर्माणको काम नसकिंदा सडक जोखिमपूर्ण बन्दै गएको हो ।