• २०८३ साउन २
  • 2026 July 18, Saturday

नेपाल संवत्लाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्छ : मन्त्री सिंह

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जनालाई शुभकामना व्यक्त गर्न चाहन्छु ।

आँउदै गरेको कार्यक्रमलाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नुपर्छ । प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनुपर्छ । व्यक्तिगत तर्फबाट र सरकारबाट हुनुपर्ने काममा सक्रिय रहने छु ।’यस्तै, उनले नेपाल संवत्लाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्षलाई सफल पार्नको लागि सबैलाई आह्वान गरेका छन् ।