काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरुले बैठकमा कोरम पुयाउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पश्चात उनले समिति सभापतिहरुले नियमित बैठक बस्न समस्या भएको कुरा उठाएको भन्दै त्यसमा दलहरुले सहजीकरण गर्ने बताए ।उनले भने, ‘दशैँपछि तिहारको बीचमा पनि समितिमा विचाराधिन रहेका विधेयकहरुलाई कसरी छिटो भन्दा छिटो सदनमा पठाउने, काम सम्पन्न गर्ने भन्ने विषय नै मुख्य एजेण्डा हो । बैठक सकारात्मक भयो र दुईवटा कुरा उठेको छ ।
एउटा सभापतिहरुले कोरम पुयाउनका लागि दलहरुले सहजीकरण गर्दिएहुन्थ्यो भन्ने आग्रह गरेका छन् । नियमित बैठक बस्न समस्या भएको कुरा पनि आएको छ ।’यसको साथै, उद्योग समितिका सभापति अब्दुल खानले पनि बैठकमा सबै सभापतिहरुले साझा रुपमा कोरम नपुगेको विषयलाई उठाएको बताए ।उनले भने, ‘आजको बैठकमा सबै सभापतिहरुको साझा कुरा के थियो भने कोरम पुगेको छैन् । सदनको बैठक बन्द भएपछि मान्यहरु आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ त्यसकारण बैठक बस्न गाहो हुन्छ । अर्को कुरा बैठक बस्दा पनि चिया, नास्ता समेत खुवाउन समितिलाई गा¥हो हुन्छ । यसमा पनि गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’