• २०८३ असार १३
  • 2026 June 27, Saturday

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गरे ।कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए ।पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उहाँले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।यसपटक विपतबाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।