• २०८३ असार १४
  • 2026 June 28, Sunday

चौथो बेङ्गाडावर गोल्ड कप कार्तिक अन्तिमदेखि हुने

काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिकामा ठूलो धनराशिको आयोजनामा हुँदै आइरहेको बेङाडावर गोल्ड कप चौथो संस्करणको फुटबल प्रतियोगिता कार्तिक अन्तिमदेखि हुने भएको छ ।

मिथिला नगरपालिका–२, लालगढस्थित सासन चौदीको खेलमैदानमा हुने प्रतियोगितामा १० वटा क्लबहरुको सहभागिता रहने अपेक्षा गरिएको बेङाडावर युवा क्लबका अध्यक्ष राजु लामा स्याङ्बोले जानकारी दिए ।‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गरिने बेङाडावर गोल्ड कप फुटबल प्रतियोगिताको खेल मिति अबको केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीहरूले सहभागी हुन पाउने छन् ।बेङ्गाडावर युवा क्लबले युवा खेलाडी उत्पादन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा स्थानीय खेलाडीको प्रतिनिधित्व गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष राजु लामा स्याङ्बोले जानकारी गराएका छन् ।तेस्रो संस्करणको व्यङ्गटावर गोल्डकपको उपाधि जनसेवी युवा क्लब बर्दिबासले जितेको थियो ।प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख रुपैयाँ नगद र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।