• २०८३ असार १३
  • 2026 June 27, Saturday

पर्यटनमन्त्री पाण्डेले गरे विश्वविख्यात चिनियाँ वैज्ञानिकलाई सम्मान

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थय सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाडौंमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन् ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए ।मन्त्री पाण्डेले भने, ‘आज हामी एउटा विशेष सन्दर्भले जोदिएका छौं । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दैछौं । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपादी प्राप्त गरिसक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनुहुन्छ , उहाँले ४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नु भएको छ । उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानि विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे ।उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे ।उनले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे ।अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीेहरु निकै आत्मिय रहेको भन्दै नेपाली विदयार्थीहरुलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनिहरुलाई आफूसँग जोडिन दिन समेत आगह गरे ।