• २०८३ साउन २
  • 2026 July 18, Saturday

मन्त्री सुडीले सार्वजनिक गरे एकसय दिनका उपलब्धि

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले एकस दिन अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री सुडीले एकस दिनको अवधिमा आफूले गरेको काम सार्वजनिक गरेका हुन् ।कार्य विवरण सार्वजनिक गर्दै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरि पारिवारिक पुर्नमिलन गराएको बताए ।उनले भने,‘मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ता पारिवारिक पुर्नमिलन तथा पुर्नस्थापना गरिएको छ ।’

त्यस्तै उनले बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा रहेको जानकारी गराए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्रीपरिषद् पेस गरिएको उनको भनाई छ ।उनले भने,‘बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संसोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको छ ।’