काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
ग्रेस नेपाल रोशी ३ को आयोजनामा इन्द्रोदय आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविरमा ४६८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ६७ जनाको ल्याब परीक्षण, ४८ जनाको ईसीजी, ६२ जनाको भिडियो एक्सरे गरिएको थियो ।
४३ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।